Devdaha Tv | अपराध
मंसिर ११ | 2022 Nov 27

१३ वर्षदेखि फरार रहेका भ्रष्टाचार मुद्धाका प्रतिवादी शेरबहादुर पक्राउ

2 days ago
१३-वर्षदेखि-फरार-रहेका-भ्रष्टाचार-मुद्धाका-प्रतिवादी-शेरबहादुर-पक्राउ

मंसिर ८ । भ्रष्टाचार मुद्धामा कैद र जरिवाना सजाय सुनाईएका १३ बर्षदेखी फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ कुश्मीसेरा–९ घर भई हाल रुपन्देही कञ्चन गाँउपालिका वडा नं ३ बस्ने ५१ वर्षीय शेर बहादुर केसी रहेका छन् । 

विगत १३ वर्षदेखी फरार रहेका शेर बहादुर के.सी लाई ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार रुद्रपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका शेरबहादुर केसीलाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराईएकोमा कैद भुक्तानका लागी अदालतको आदेशअनुसार कारागार चलान गरिएको ईलाका प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । 

पक्राउ परेका प्रतिवादी केसी रेडियो नेपाल प्रशारण सेवा विकाश समिति क्षेत्रिय प्रसारण केन्द्र पोखरामा तत्कालिन लेखापाल पदमा कार्यरत थिए । विगत १३ वर्षदेखि फरार रहेका केसी लेखापालको रुपमा बहाल रहँदा रेडियो प्रशारण विभागमा कार्यरत कर्मचारीहरुको तलब निकाली अपचलन गरेको आरोपमा दोषी ठहर भएका थिए । केसीलाई बिशेष अदालतको २०६६ सालको फैसला अनुसार १ वर्ष ६ महिना कैद र रू ५ लाख ८० हजार ८ सय ८१ रुपैया ८६ पैसा जरिवाना सजाय सुनाएको थियो । केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन अनुसन्धान अधिकृत बद्रि श्रेष्ठले जाहेरी दिएका थिए ।