मंसिर ९ । कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य ओरालो लागेको छ ।
आज छापावाला सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज सुनको मुल्य स्थिर रहँदा चाँदीको मूल्य ओरालो लागेको छ । चाँदीको मुल्य आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी प्रिितोला १ हजार ३ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।