मंसिर ९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
पिसीआर र एन्टिजेन विधीबाट कुल १ हजार ३ सय ८१ जनामा परीक्षण गर्दा थप १० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ३३ हजार २ सय ११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
हाल देशभर कुल ३ सय २७ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।