मिना गैरे, मंसिर १० । फिफा विश्वकप अन्तर्गत आज ३ खेल हुँदैछन् ।
समूह डी अन्तर्गत दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा टुनिसीया र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्नेछन् । खेल अल जानोउव स्टेडियममा हुनेछ ।
त्यस्तैगरी समूह डी को दोस्रो खेलमा प्रान्स र डेनमार्क भिड्नेछन् । खेल साझ ९ बजेर ४५ मिनेट जाँदा स्टेडियम ९७४ स्थित सुरु हुनेछ ।
त्यस्तैगरी ६ः४५ मा हुने समूह सी तर्फको पहिलो खेलमा पोल्याण्ड र साउदी अरेबियाले प्रतिस्पर्धा गर्नेछन् । साउदी अरेबीया र पोल्याण्डबीचको खेल एजुकेशन सिटी स्टेडियममा नेपाली समयानुसार ६ः४५ बजे हु्दैछ ।
समूह सी को दोस्रो खेलमा अर्जेन्टिना र मेक्सिकोले प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार मंसिर ११ गते बिहानको १२ः४५ मा सुरु हुनेछ । अर्जेन्टिना र मेक्सिकोले लुसाईल स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् ।