मंसिर १० । रुपन्देहीमा २७ वर्षदेखि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले शुक्रबार विगत २७ वर्षदेखि फरार रहेका ४९ वर्षीय पुजारी थारुलाई पक्राउ गरेको हो ।
पुजारी २ वटा फरकफरक चोरी मुद्धामा २०५२ साल पुष २५ गतेको फैसला अनुसार दोषी ठहर भएका थिए भने उनी विगत २७ वर्षदेखि लुकीछिपी रहदै आएका थिए । पुजारीविरुद्ध देवनारायण थारु र तत्कालिन श्री ५ सरकारले जाहेरी दिएका थिए ।
उनलाई पक्राउ गरि कारागार चलान गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।