मंसिर १० । रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनीधी सभा सदस्यतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा विजयी हुनुभएको छ । बोहोरा गृहमन्त्री बालकृष्ण खाँणलाई २ हजार ६ सय ४२ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
बोहोराले ३६ हजार ६४८ मत प्राप्त गर्नुभएको छ । बोहोराका निकटतम् प्रतिस्पर्धी बालकृष्ण खाणले ३४ हजार ६ मत प्राप्त गर्नुभयो।
गृहमन्त्री बालकृष्ण खाँण पाँचदलीय गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो भने बोहोरा एमाले, राप्रपा र जसपाबीचको तालमेलका साझा उम्मेदवार हुनुहुन्थ्यो ।