मंसिर १० । नेपालमा पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । पिसीआर र एन्टिजेन विधीबाट कुल ५ सय ३६ जनामा परीक्षण गर्दा थप १ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज २९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कुल २ सय ९८ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।