Devdaha Tv | राजनीति
माघ २१ | 2023 Feb 04
Flash News

संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु : ज्ञवाली

2 months ago
संसद-भवनमा-नपुगे-पनि-गुल्मेलीको-सेवामा-हुनेछु-:-ज्ञवाली

गुल्मी, मंसिर १० । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुख दुखमा गुल्मीका जनता सँगसँगै रहने बताउनु भएको छ । नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीलाई बधाई दिँदै ज्ञवालीले दुःख सुखका हरेक पलमा गुल्मेली जनतासँग रहने बताउनु भएको हो ।

सामाजिक सञ्चालमा स्ट्याटस लेख्दै ज्ञवालीले भन्नुभयो , ‘वैधानिक रुपमा जनप्रतिनिधिको भूमिकामा नरहे पनि तपाईंको मनको प्रतिनिधिका रुपमा दुःख सुखका हरेक पलमा तपाईंहरुले मलाई आफ्नो साथमा पाउनु हुनेछ । मेरो सिङ्गो जिवन राष्ट्र र जनताको हित, जिल्लाको समग्र विकास र जिल्लावासीहरुको सेवामा समर्पित हुने छ । '
ओराली र उकाली यात्राका अभिन्न अङ्ग रहेको भन्दै ज्ञवालीले सफलता र विफलता जिन्दगीका अविभाज्य हिस्सा भएको बताउनुभयो । ज्ञवालीले भन्नुभयो,‘म संसद भवनभित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्ज्वल भविष्यप्रतिमा कुनै सन्देह छैन ।’

Recent News