Devdaha Tv | राजनीति
माघ २१ | 2023 Feb 04
Flash News

रुपन्देही १ मा निर्वाचितहरुलाई प्रमाणपत्र प्रदान

2 months ago
रुपन्देही-१-मा-निर्वाचितहरुलाई-प्रमाणपत्र-प्रदान

मंसिर १० । रुपन्देहीको क्षेत्र नम्बर १, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचितहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । मंसीर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा निर्वाचितहरुलाई एक कार्यक्रमका बिच निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको हो । 

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत परिणाम सार्वजनिक गर्दै निर्वाचन अधिकृत श्यामप्रसाद श्रेष्ठले निर्वाचित सदस्यहरुलाई निर्वाचित प्रमाणपत्र प्रदान गरेको हो । निर्वाचनमा प्रतिनिधि सभामा नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा, प्रदेश सभा क्षेत्र नम्वर १(१) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता आशिषकुमार चौधरी र प्रदेश सभा क्षेत्र नम्वर १(२) मा नेपाली काग्रेसका नेता अब्दुल रज्जाक निर्वाचित हुनु भएको हो । 

निर्वाचन कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधि सभामा नेकपा एमालेका नेता विश्वकर्माले २४ हजार ८ सय ७२, प्रदेश सभा १(१) मा राप्रपाका नेता चौधरीले १७ हजार ७ सय ८५, प्रदेश सभा १(२) मा नेपाली काग्रेसका नेता रज्जाकले १२ हजार १ सय २४ मत प्राप्त गर्दै विजयी हुनु भएका छन् । 

सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएका एमाले नेता विश्वकर्माले जनताको अभिमतलाई झुक्न नदिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । त्यसैगरी सोही अवसरमा बोल्दै क्षेत्र नम्वर १(२) का प्रदेश सभा सदस्यमा निर्वाचित रज्जाकले संविधान र देश बचाउनको लागि राजनीतिक दलहरु मिल्नुको कुनै विकल्प नभएको बताउनु भयो । उहाले क्षेत्रको विकासको लागि आफु सदैव लागिरहने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

निर्वाचन कार्यालय क्षेत्र नम्वर १, का निर्वाचिन अधिकृत श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Recent News