Devdaha Tv | राजनीति
माघ २१ | 2023 Feb 04
Flash News

निर्वाचनको बेलामा गरेको प्रतिवद्धता पुरा गर्नेछु : विश्वकर्मा

2 months ago
निर्वाचनको-बेलामा-गरेको-प्रतिवद्धता-पुरा-गर्नेछु-:-विश्वकर्मा

मंसिर १० । निर्वाचनको बेलामा गरेको प्रतिवद्धता पुरा गर्ने रुपन्देहीको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएका नेकपा एमालेका नेता छविलाल विश्वकर्माले बताउनु भएको छ । उहाँले नेकपा एमाले र आफनो मात्र नभई यस क्षेत्रका आम नागरिकको जीत भएको बताउनु भयो । 

पुर्व मन्त्री समेत रहनु भएका नेता विश्वकर्माले विगत ५ बर्षमा यस क्षेत्रको विकास निर्माण कामको शुरुवात भएको बताउदै त्यसलाई पूर्णता दिने गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । निर्वाचन कार्यालयले निर्वाचित भएको घोषणा पछि आमनागरिकलाई धन्यवाद दिने क्रममा नेता विश्वकर्माले जनताले विश्वास गरेर दिएको अभिमतलाई सार्थकता बनाउने बताउनु भयो । 

उहाँले निर्वाचनबाट निर्वाचित भएपछि आफुहरु साझा प्रतिनिधि भएको बताउँदै आमनागरिकको सुझावलाई कार्यान्वयन गर्दै क्षेत्रको विकास गर्ने बताउनु भयो । नेकपा एमालेका सचिव समेत रहनु भएका सांसद विश्वकर्माले आम नागरिकको जीवन स्तर उकास्ने गरी काम गर्ने दावी गर्नु भयो । 

उहाँले उत्तर दक्षिण जोड्ने गरी विकासका काम शुरुवात भईसकेको बताउँदै भौतिक पुर्वाधारसंगै युवाहरुलाई रोजगार प्रदान गर्ने गरी योजना निर्माण गर्ने स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनपछि नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएमा पहिलो काम सुकुम्वासी तथा अव्यवस्थित बसोवासको कामलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

सोही अवसरमा बोल्दै क्षेत्र नम्वर १(१) प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएका आशिषकुमार चौधरीले भाषण भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहनु भएका प्रदेश सांसद चौधरीले आमनागरिकले दिएको सुझावलाई मनन गर्दै सोही अनुसार यस क्षेत्रको विकास निर्माणका काम गर्ने बताउनु भयो ।

Recent News