मंसिर १० । संस्थागत क्षमता अभिवृद्धि कार्यक्रम तिलोत्तमामा आज सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना फेयरमेट, इन्देणी ग्रामिण विकास परियोजनाको सहकार्यमा अपांगताको क्षेत्रमा काम गर्ने संस्थाको संस्थागत क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो ।
दुइ दिनसम्म सञ्चालन भएको कार्यक्रममा अपांगताको अवधारणा, नितिगत व्यवस्था, सवालहरुको पहिचान, वकालत गर्ने तरिका, स्थानिय स्रोतको पहिचान र परिचालन, योजना निर्माण लगायतका विषयमा सहजीकरण भएको थियो ।
स्वतन्त्र विकास समाज, बौद्धिक बाल विद्या मन्दिर, अटिजम बालबालिकाका लागि काम गर्ने संस्थाका १५ सदस्य तथा प्रतिनिधिको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।