Devdaha Tv | खेलकुद
माघ २१ | 2023 Feb 04
Flash News

बुटवलमा जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप २०२२ सम्पन्न

2 months ago
बुटवलमा-जिल्ला-स्तरीय-व्यक्तिगत-तेक्वान्दो-प्याटर्न-च्याम्पियनसिप-२०२२-सम्पन्न

मङ्सिर १० । बुटवलमा जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप २०२२ सम्पन्न भएको छ । शनिबार प्रगतिनगर तेक्वान्दो दोजाङको आयोजना तथा नेपाल योउङ्ग ब्रदर्श तेक्वान्दो क्लब रुपन्देहीको सह आयोजनामा प्रगतिनगर मा.वि बुटवल ११ प्रगतिनगरस्थित च्याम्पियनसिप सम्पन्न भएको हो । 

खेल जुनियर र सब जुनियर गरि २ समुहमा बिभाजन गरेर सम्पन्न गरिएको थियो । जुनियरतर्फ ढवाह तेक्वान्दो दोजाङका भुमा रास्कोटी मगर प्रथम, स्ट्रगल तेक्वान्दो दोजाङ सैनामैनाका मैसम कुमाल द्वितीय र एलिसा घर्ती तृतीय भएका छन । 

सब जुनियरतर्फ नयागाउ तेक्वान्दो दोजाङका रश्मि थाडा प्रथम, निलगिरी तेक्वान्दो दोजाङका विवेक गाहा द्वितीय र प्रगतिनगर तेक्वान्दो दोजाङका पुजा बिक तृतीय भएका छन ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा बुटवल बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राम चन्द्र क्षेत्रिले यस्ता खेल प्रतियोगिताहरुले विद्यार्थीको चौतर्फी बिकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । उहाले खेलकुद एक अपरिहार्य र विशेष महत्त्वको पाटो रहेको उल्लेख गर्दै खेलकुद क्षेत्रको उत्थानमा राज्यले पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाले खेलकुदको उत्थानमा लाग्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रगतिनगर तेक्वान्दो दोजाङका खेलाडी अर्जुन बिश्वकर्माले तेक्वान्दो खेल एक महत्त्वपूर्ण र स्वास्थ्यका लागि राम्रो रहेको उल्लेख गर्नुभयो । उहाले कार्यक्रम आयोजना हुदा खुसी लागेको बताउनुभयो ।

कार्यक्रममा सुद्धोदन गाउपालिका, सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिकाको ८ डोजाङहरुका ११२ जनाको उपस्थिती रहेको थियो । 

उक्त च्याम्पियनसिप बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राम चन्द्र क्षेत्रिको प्रमुख आतिथ्यता, नेपाल योङ्ग ब्रोदर्श तेक्वान्दो क्लब रुपन्देहीका अध्यक्ष बिकास श्रेष्ठ र प्रगतिनगर तेक्वान्दो दोजाङका प्रमुख ओम बुढा मगरको सभापतित्वमा सम्पन्न भएको थियो । 

Recent News