पौष ९ । नेपाल टि–ट्वान्टी लिगको पहिलो खेलमा काठमाण्डौँ नाईट्सले २६ रनको जित हात पारेको छ । शनिबार भएको लिगको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई २६ रनले हराउँदै विजेता बनेको हो ।
टस हारेर ब्याटिङ्को निम्तो पाएको काठमाण्डौँ नाईट्स्ले १९ ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनायो । उसका लागि अजमत ओमरजाईले नटआउट रहँदै ८५ रन बनाउँदै म्यान अफ द म्याच भए । यससँगै ओमरजाईले ४० हजार रुपैयाँ पुरस्कार जितेका छन् । त्यस्तैगरी सुनम गौतमले नटआउट रहँदै २७ रन बनाए ।
टस जितेर बलिङ् रोजेको पोखरा एभेन्जर्सले १९ ओभरमा ७ विकेट गुमाउँदै १३६ रनमात्र बनाउन सक्यो । पोखराका लागि उपुल थारंगाले ४४ रन बनाउँदा आरिफ शेखले २० रन बनाए ।
बलिङतर्फ काठमाडौंका अभिनाश बोहराले सर्वाधिक तीन विकेट लिए । त्यसैगरी, बसिर अहमदले २ तथा अनिल खरेलले १ विकेट लिएका थिए । पोखराका प्रतिस जिसी र जाहि खानले २÷२ विकेट लिए ।