पौष ९ । खेलकुदको माध्यमबाट समाजमा रहेका विकृति, विसंगति अन्त्य गर्नुपर्ने देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताउनु भएको छ । उहाले समाज रुपान्तरण गर्न युवाहरु लाग्नु पर्ने बताउदै खेलकुदको माध्यमबाट युवाहरुलाई दुव्र्यसनीबाट बचाउनु पर्नेमा जोड दिनु भयो ।
जनजागरण युवा क्लव देवदह–४, सिंगाहाद्धारा आयोजित सहीद दुर्गा तिवारी स्मृति तेश्रो व्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । उपप्रमुख गुरुङ्गले देशको सहीद कुनै पार्टीको नहुने बताउदै सहीदलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले खेलकुदको विकासको लागि देवदह नगरपालिकाले विभिन्न योजना अगाडि सारेको बताउँदै त्यसलाई कार्यान्वयन गर्न युवाहरुको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय युवाहरु दुव्र्यसनी तर्फ बढिरहेको बताउदै युवाहरु रचनात्मक कार्यमा सहभागि हुन आवश्यक रहेको औल्याउनु भयो । उहाँले सहीदलाई राजनीतिक दृष्टिकोणले हेर्न नहुने बताउदै सहीदले देखाएको बाटोलाई आत्मसाथ गर्न सकेमात्र उहाहरु प्रति सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।
क्लबका अध्यक्ष गोपाल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, सहीद दुर्गा–वसन्त प्रतिष्ठानका संरक्षक चक्रपानी तिवारी, कार्यपालिका सदस्य शान्ता भट्टराई, क्लबका पुर्व अध्यक्ष विरेन्द्र पाण्डे लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार, द्धितिय हुने टिमले नगद ८ हजार र क्वाटर फाईनलमा प्रवेश गर्ने २ टिमले ५÷५ हजार प्राप्त गर्ने खेलकुद संयोजक विकास थापाले जानकारी दिनु भयो ।
क्लबका सहसचिव सुनिता अधिकारीको स्वागत र सचिव कविता न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।