Devdaha Tv | राजनीति
माघ २१ | 2023 Feb 04
Flash News

प्रचण्डद्धारा प्रधानमन्त्रीको शपथ ग्रहण/ ८ सदस्यीय मन्त्रीपरिषद् गठन

1 month ago
प्रचण्डद्धारा-प्रधानमन्त्रीको-शपथ-ग्रहण/-८-सदस्यीय-मन्त्रीपरिषद्-गठन

पौष ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहका बीच प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा जनताको नाममा शपथ ग्रहण गर्नु भएको हो । राष्ट्रपति भण्डारीले प्रचण्डलाई आइतबार संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । कांग्रेस नेतृत्वको गठबन्धनमा भागबण्डाको सहमति नभएपछि एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्नु भएको हो । 

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको छ । मन्त्रिपरिषद्माा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाउनु भएको छ भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त हुनु भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त हुनु भएको छ । ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान पनि मन्त्री बन्नुभएको छ यद्यपी उहाँहरुको कार्यभार पछि तोकिने भएको छ । सबै मन्त्रीहरुले शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ लिएका छन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नु भएकी ज्वालाकुमारी साह ढिला गरी शपथमा  सवारी जामका कारण कारण ढिला पुगेपछि एक्लै सपथ ग्रहण गर्नुभएको थियो । 

बाँकी मन्त्रालयहरु सबै माओवादीले राखेको छ । सपथ ग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको पनि उपस्थिती रहेको थियो तर सपथ नसकिदै देउवा कार्यक्रम स्थलदेखि बाहिरीनु भएको थियो ।

Recent News