पौष १२ । नयाँ सरकार गठन भएसँगै पहिलो प्रतिनीधी सभा बैठक पौष २५ गते बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम प्रतिनीधी सभा बैठकको आह्वान गर्नुभएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनु भयो । बैठक पौष २५ गते सोमबार दिउँसोको १ बजे बस्नेछ । संघीय संसद सचिवालयले निर्धारित समय र स्थानमा माननीय सांसदहरुलाई उपस्थित हुन आग्रह समेत गरेको छ ।