पौष १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विविधताले भरिएको मुलुक भएको बताउनु भएको छ । शुक्रबार काठमाण्डौको टुँडिखेलमा आयोजित तमु ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो ।
प्रधानमन्त्री प्रचण्डले नेपाल विविधताले भरिएको मुलुक भएको भन्दै विविधतामा एकता नै नेपालको पहिचान भएको उल्लेख गर्नुभयो । उहाँले परापूर्वकालदेखि यो भूखण्डमा विभिन्न भाषाभाषी, जातजाती र संस्कृतिको को समिश्रणबाट नै नेपालको पहिचान बनेको बताउनु भयो ।
उहाँले भाषाभाषी, जातजाती र वर्ग, समुदाय संस्कृतिमा नै नेपालको असली पहिचान अन्तर्निहित रहेको बताउनुभयो ।