पौष १७ । आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ पुगेको छ । लुम्बिनी अन्तर्राष्ट्रिय र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ पुगेको हो ।
बिमानस्थलको उद्धघाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा आएदेखि र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रथम प्रधानमन्त्री भएदेखि पोखरा अन्तरर्नष्ट्रिय विमानस्थल निर्माणका बारेमा कास्कीका जनप्रतिनिधी, राजनैतिक नेता, वुद्धिजिवी र आम जनतासँग निरन्तर संवाद गरेको स्मरण गर्नुभयो । उहाँले विमानस्थल निर्माणमा आफूले धेरै पहलकदमी गरेको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले पोखरा नेपालको पर्यटकीय केन्द्रको रुपमा परिचित रहेको उल्लेख गर्दै केन्द्रको संवद्र्धन र प्रवद्र्धनका लागि कनेक्टिभिटी आवश्यक पर्ने बताउनु भयो । प्रचण्डले कनेक्टिभिटीमा नेपालका लागि सबैभन्दा आवश्यक तथा प्रभावकारी हवाई सेवा रहेको उल्लेख गर्नु भयो । प्रचण्डले पोखरा विमानस्थलले कनेक्टिभीटिको क्षेत्रमा गर्ने योगदानले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक आफूले जनताको सेवा गर्ने अवसर पाएको उल्लेख गर्दै सामाजिक न्याय, सुशासन, र समृद्धिको मूलमन्त्र बनाएर का मगर्ने अठोट गरेको उल्लेख गर्नुभयो । प्रचण्डले विमानस्थलले सबैका सपना र समर्पणलाई दर्शाएको उल्लेख गर्नु भएको थियो ।