Devdaha Tv | खेलकुद
माघ २१ | 2023 Feb 04
Flash News

देवदहमा गौतम बुद्ध अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता हुने

1 month ago
देवदहमा-गौतम-बुद्ध-अन्तर्राष्ट्रिय-खुल्ला-कराते-प्रतियोगिता-हुने

पौष १९ । रुपन्देहीको देवदहमा गौतम बुद्ध अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता हुने भएको छ । देवदह कराते डों एकेडेमीको आयोजनामा यही पौष २६, २७ र २८ गते उक्त प्रतियोगिता हुने भएको हो । 

देवदहमा पत्रकार सम्मेलनको आयोजना भगवान गौतम बुद्धको मावली देवदहमा प्रदेशमै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको कार्यक्रम संयोजक दीपक चापागाईले जानकारी दिनु भयो । प्रतियोगितामा ७ वटा देशका खेलाडी सहभागि हुने आयोजकले जानकारी दिएको छ । 

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका र क्यानडाका करिब एक हजार खेलाडीले भाग लिने देवदह कराते डो एकेडेमीका अध्यक्ष शोभाखर पन्थले जानकारी दिनु भयो । प्रतियोगितामा करिब ६५ लाख रुपैया खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिता सम्पन्न गर्न देवदह नगरपालिकाले ४ लाख, खेलाडीबाट संकलन गरिने ईन्ट्री फि र विभिन्न संघसंस्थाको सहयोगमा आर्थिक व्यवस्थापन गरिने जानकारी दिईएको छ । 

प्रतियोगिता सम्पन्न गर्नको लागि विभिन्न उपसमिति गठन गरी तयारीलाई तिव्रता दिईएको उपाध्यक्ष गामधोज मल्लले जानकारी दिनु भयो । 

पत्रकार सम्मेलनमा बोल्दै देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले खेलकुदलाई विकाससंग जोडेर लैजानु पर्नेमा जोड दिनु भयो । उहाँले युवाहरुलाई विकृतितर्फ जान रोक्नको लागि खेलकुदका गतिविधि अगाडि बढाउन आवश्यक रहेको औल्याउनु भयो । नगर प्रमुख खरेलले खेलकुदको माध्यमबाट देवदहलाई पर्यटीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनु भयो । उहाँले प्रतियोगिताले देवदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न टेवा पुग्ने बताउनु भयो । उहाँले खेलकुद विकासको लागि नगरपालिकाले भौतिक पुर्वाधारलाई विशेष जोड दिएर अगाडि बढिरहेको बताउनु भयो । उहाँले प्रतियोगिता सम्पन्न गर्न शान्ति सुरक्षा आवश्यक रहेकोले शान्ति सुरक्षाको लागि नगरपालिकाले समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

देवदह कराते डो एकेडेमीका अध्यक्ष शोभाखर पन्थको अध्यक्षता र दिपेशविक्रम मल्लको संचालनमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । 

Recent News