पौष २३ । रुपन्देहीमा बलात्कारको प्रयास गर्ने २ जना पक्राउ परेका छन् ।
सुस्त मनस्थिती भएकी महिलालाई जवरजस्ती करणी गर्न खोज्ने एकजना पुरुष पक्राउ परेका छन् । सुस्त मनस्थिती भएकी महिलालाई घरमा कोही नभएको मौकापारी जवरजस्ती करणी गर्न खोज्ने एकजना व्यक्ती रुपन्देहीको कञ्चन गाउँपालिकाबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कञ्चन गाउँपालिका वडा नं ३ का ३० वर्षिय राजेन्द्र अधिकारी रहेका छन् ।
अधिकारीले बिहीबार साँझको समयमा शारिरीक रुपमा अपांगता भएकी र सुस्त मनस्थिती भएकी २३ वर्षीया महिलाको घरमा गई अरु कोही नभएको मौका छोपी जवरजस्ती शौचालयमा लगी पिडित महिलाको शारिरीक र सुस्त मनस्थितीको फाईदा उठाउँदै पिडित महिलालाई जवरजस्ती करणी उद्योग गरेका थिए । अधिकारीलाई वडा नं ४ स्थितबाट प्रहरीले नियन्त्रणमा लिई जवरजस्ती करणी कसुर अन्तरगत अनुसन्धान गरिरहेको छ ।
त्यस्तैगरी रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ६ स्थितमा १५ वर्षिया बालिकालाई बलात्कार प्रयास गर्ने एक युवक पक्राउ परेका छन् । घरमा अभिभवक नभएको मौका पारी साँझको समयमा आगो ताप्ने वाहनामा घरमा आई बालिकाको संवेदनशील अंगहरुमा छुने चलाउने तथा जवरजस्ती करणी गर्न खोज्ने २५ वर्षिया मधु सोमरे पक्राउ परेका हुन् । निजमाथि जबरजस्ती करणी उद्योग कसुरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता श्यामू अर्यालले जानकारी दिनु भयो ।
बालिकाले आमा बिदेशमा भएको र घरमा बुबा पनि काममा गएको मौका पारी आफूलाई जवरजस्ती करणी गर्न खोजेको कुरा छिमेकी महिलालाई बताएपछि तुरुन्त प्रहरीलाई खबर भएको थियो ।
पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय सालझन्डीमा राखी जवरजस्ती करणी उद्योग कसुर अन्तरगत म्याद थप भई आवश्यक अनुसन्धान भैरहेको अर्यालले जानकारी दिनु भयो ।