Devdaha Tv | खेलकुद
माघ २१ | 2023 Feb 04
Flash News

रुपन्देहीको देवदहमा पुरुष तथा महिला छैठौं देवदह म्याराथन प्रतियोगिता हुने

3 weeks ago
रुपन्देहीको-देवदहमा-पुरुष-तथा-महिला-छैठौं-देवदह-म्याराथन-प्रतियोगिता-हुने

पौष २५ । रुपन्देहीको देवदहमा पुरुष तथा महिला छैठौं देवदह म्याराथन प्रतियोगिता हुने भएको छ । लियो क्लव अफ लर्ड बुद्धको आयोजना र देवदह नगरपालिकाको सहयोगमा यही माघ १४ गते म्याराथन प्रतियोगिता हुने देवदहमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । 

प्रतियोगितामा १८ बर्ष देखि ४० बर्षका करिब ४ सय धावहरुले भाग लिने पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी गराएको छ । म्याराथन प्रतियोगितामा विभागीय धावकहरुको समेत सहभागिता हुने क्लबका अध्यक्ष राहुल सापकोटाले जानकारी दिनु भयो । देवदह क्षेत्रमा रहेका ऐतिहासिक तथा धार्मिक स्थलहरु रहेको स्थानमा रुट तयार गरिएको उहाँले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सापकोटाले देवदहको खैरेनीबाट शुरु हुने म्याराथन प्रतियोगिता, शितलनगर, कन्यामाई, बैरीमाई, पाकरी, भवानीपुर, सिगाहा, केरवानी हुदै खैरेनीमा आएर समापन हुने बताउनु भयो । म्याराथन प्रतियोगिता करिब १६ किलोमिटरको रहेको उहाँले जानकारी दिनु भयो । 

युवाहरुलाई खेलकुदसंगै सामाजिक उत्तरदायित्व बोध गराउँदै समाजिक क्रियाकलापमा सहभागी गराउने, देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी प्रतियोगिताको आयोजना गरेको क्लबका पुर्वअध्यक्ष दिपेशविक्रम मल्लले जानकारी दिनु भयो । म्याराथन प्रतियोगिताको माध्यमबाट देवदहलाई चिनाउने, आन्तरिक पर्यटक भित्राउने लक्ष्यका साथ आयोजना गरेको मल्लले जानकारी दिनु भयो । 

प्रतियोगितामा करिब ५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । देवदह नगरपालिकाले २ लाख, विभिन्न संघसंस्थाहरुको सहयोगमा अन्य रकम संकलन गरिने आयोजकले जनाएको छ ।

Recent News