पौष २५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाव नदिन सांसदहरुलाई आग्रह गर्नुभएको छ । लामिछानेले छातीमा हात राखेर आफू र आफू सम्बद्ध दलका प्रतिनिधी र साँसदहरुबाट कुनै अनियमितता नहुँने बाचा गर्नु भयो ।
उहाँले नागरिकलाई दुख हुने काम नहुने र कुनै पनि काण्डमा नमुछिने विश्वास व्यक्त गर्नु भयो । उहाँले मुलुक र मुलुकबासीका लागि हिजो गरेका बाचाहरु पूरा गर्ने बताउनु भयो ।
उहाँले आफू र आफ्ना सांसदका कारण जनताले शिर झुकाउन नपर्ने दावी गर्नु भयो । उहाँले रास्वपाका सांसदले कुनै पनि अनियमिततामा सहभागी नगराउने बाचा गर्नु भयो ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैै उहाँले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताउनुभयो । उहाँले आफ्नो कर्तव्य पूरा गर्ने शिलशिलामा त्यो पद र कुर्सीको लोभमा नझुण्डिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उहाँले संसदमा आउनुका पछाडि सर्वसाधारण नागरिकहरुको अपेक्षा माया र विश्वास भएको भन्दै विश्वासको दियो कुनैपनि हालतमा निभ्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आम नागरिकको विश्वासलाई जोगाउन लागिपर्ने उल्लेख गर्र्नुभयो । गृहमन्त्री लामिछानेले पूर्ण रुपमा सफल हुनेमा विश्वस्त रहँदै त्यसमा आफ्नो तर्फबाट ईमान्दार योगदान दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।