पौष २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शुसासन, विकास, सेवाप्रवाह र राष्ट्रियताको सम्बन्धमा भएका प्रतिबद्धताहरुलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । मंगलबार प्रतिनीधी सभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
उहाँले प्रधानमन्त्रीले गर्नु भएको प्रतिबद्धताहरु पूरा हुने विश्वास व्यक्त गर्दै आफूहरुको साथ र सहयोग रहने बताउनु भएको छ । उहाँले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णयप्रति आभार प्रकट गर्दै राष्ट्रनिर्मातालाई सम्मान गरेर जाँदा कसैले हिनताबोध नगर्ने बताउनु भयो । लिङ्देनले नेपाल राष्ट्र भएर मात्र दाहाल प्रधानमन्त्री हुनुभएको ठोकुवा गर्नु भएको छ ।
लिङ्देनले जसले नेपाली नाम र पहिचान दियो उसलाई सम्मान गर्न कसैले हिनताबोध नगर्ने दोह्रोर्याउँदै पृथ्वी जयन्ती सबैको दिवस भएको उल्लेख गर्नु भयो ।