Devdaha Tv | राजनीति
माघ २१ | 2023 Feb 04
Flash News

देश बनाउन भिजन र सपना आवश्यक पर्छ : अध्यक्ष नेपाल 

3 weeks ago
देश-बनाउन-भिजन-र-सपना-आवश्यक-पर्छ-:-अध्यक्ष-नेपाल-

पौष २६ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार र प्रधानमन्त्रीका प्रतिबद्धता सह्रानीय भएको बताउनु भएको छ । मंगलबार प्रतिनीधीसभाको बैठकलाई सम्बोधन गर्दै नेपालले यस्तो बताउनु भएको हो । उहाँले देश बनाउन भिजन र सपना आवश्यक पर्ने बताउनु भएको हो । 

उहाँले देश बनाउने जिम्मेवारी प्राप्त व्यक्तिहरुले देश बनाउने भिजन राख्नु पर्ने बताउनु भएको हो । नेपालले भिजन र मिसन बनाउन नसक्नेले देश बनाउन नसक्ने बताउनु भयो । उहाँले देश बनाउन सपना मात्र भएर नहुने खण्डन गर्दै सपना विपनामा परिणत गर्न यथार्थको धरातलमा टेक्नुपर्ने बताउनु भयो । उहाँले यथार्थको धरातलमा टेकेर राष्ट्रिय समस्या पहिचान गरी समाधान गर्नु पर्ने औल्याउनु भयो । समाधान खोज्नुपर्नेतर्फ जोड दिदैँ उहाँले समाधान नखोज्नेले समाधान गर्न नसक्ने ठोकुवा गर्नु भयो ।


अध्यक्ष नेपालले बजेट निर्माणमा वा परियोजना छनोट गर्दा व्यापक अध्ययन तथा अनुसन्धान गर्नुपर्ने बताउनु भयो । उहाँले उपयुक्त परियोजना छनोटको आवश्यकतालाई विशेष जोड दिनु भएको थियो । नेपालले सरकारले परियोजना छनोटमा ध्यान दिनेमा विश्वस्त रहेको उल्लेख गर्नु भएको छ । 
 

Recent News