Devdaha Tv | खेलकुद
माघ २१ | 2023 Feb 04
Flash News

रुपन्देहीको देवदहमा गौतम बुद्ध अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता शुरु

3 weeks ago
रुपन्देहीको-देवदहमा-गौतम-बुद्ध-अन्तर्राष्ट्रिय-खुल्ला-कराते-प्रतियोगिता-शुरु

पौष २७ । रुपन्देहीको देवदहमा गौतम बुद्ध अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता शुरु भएको छ । देवदह कराते डो एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा ६ देशका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, बंगलादेश, श्रीलंकाका खेलाडीहरुको सहभागिता रहेको एकेडेमीका अध्यक्ष शोभाखर पन्थले जानकारी दिनु भयो । 

प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले खेलकुदलाई विकाससंग जोडेर लैजानु पर्नेमा जोड दिनु भयो । उहाँले खेललाई व्यवसायीक बनाउन सकेमात्र आर्थिक बिकास गर्न सकिने बताउनु भयो । प्रमुख खरेलले खेलाडी राष्ट्रको गहना भएकोले खेलाडीको संरक्षण सम्वद्र्धन संगै सम्मान गर्नुपर्नेमा जोड दिनु भयो । नगर प्रमुख खरेलले खेलको माध्यमबाट देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताउदै बेला बेलामा हुने राष्ट्रिय प्रतियोगिताले देवदहलाई पर्यटकीय हब बनाउन सहयोग पुग्ने दावी गर्नु भयो । 

सोही अवसरमा बोल्दै उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले खेलकुदको विकासको लागि देवदह नगरपालिकाले विभिन्न योजना अगाडि सारेको बताउनु भयो । उहाँले देवदह नगरपालिकाले खेलकुदको विकासको लागि भौतिक पुर्वाधारलाई विशेष जोड दिईएको बताउनु भयो । उपप्रमुख गुरुङ्गले खेलकुदको विकासको लागि देवदह नगरपालिकाले खेलकुद कार्यविधि बनाएर अगाडि बढिरहेको दावी गर्नु भयो । 

त्यसैगरी लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकुदको विकासको लागि प्रदेशले नीतिगत सुधार गर्दै अगाडि बढिरहेको बताउनु भयो । उहाँले राजनीतिक खिचातानीका कारण खेलकुदको विकास हुन नसकेको बताउदै खेलाडीहरुलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो । भट्टराईले खेलकुदलाई आयआर्जनसंग जोड्न सकेमात्र खेलाडीहरुको भविष्य सुनिश्चित हुनेमा जोड दिनु भयो । 

कार्यक्रम संयोजक दिपक चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, मदन भणडी सर्पोटस एकेडेमीका केन्द्रिय अध्यक्ष धु्रव आचार्य लगायतले बोल्दै राज्यले खेलाडीहरुलाई सम्मान गर्न नसकेको बताएका थिए । कराते प्रशिक्षक माधवप्रसाद घिमिरेको स्वागत र दिपेशविक्रम मल्लको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Recent News