Devdaha Tv | अपराध
चैत्र १८ | 2023 Apr 01
Flash News

रुपन्देहीमा लागू औषध मुद्दाका ८ बर्षदेखि फरार प्रतिवादी पक्राउ 

2 months ago
रुपन्देहीमा-लागू-औषध-मुद्दाका-८-बर्षदेखि-फरार-प्रतिवादी-पक्राउ-

पौष २८ । लागूऔषध मुद्दाका ८ बर्षदेखि फरार २ जना प्रतिबादी पक्राउ परेका छन् । लागु औषध ब्रउन सुगर मुद्दामा ०७१ सालमा कैद फैसला भई ०७९ सालको पौषसम्म फैसलाको मितिले आठ वर्ष देखि फरार रहेका दुईजना फरार प्रतिवादी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा विष्णु भन्ने विष्णुदेव थारु र दिनेश थारु रहेका छन् । फरार रहेका प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले आ–आफ्नै घर ठेगानामा पक्राउ गरेको हो बिहीबार जिल्ला अदालत रुपन्देहीको आदेशअनुसार कारागार चलान गरिएको जिल्ला प्हरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा पहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिनु भयो ।

२०७१ साउन ३० गते रुपन्देही जिल्लाको सिद्धार्थनगर १ बेलहिया स्थित भारतबाट नेपालतर्फ आउने सडकमा शंकास्पद २ प्रतिवादीलाई  प्रहरीले चेकजाँच गर्दा उनीहरका साथबाट अबैध लागूऔषध बरामद भएको थियो । विष्णुदेव थारु र दिनेश थारुका साथबाट प्रहरीले ३ पुरिया ब्राउन सुगर फेला पारेको थियो । 

विष्णुदेव थारु र दिनेश थारुलाई प्रहरीले अनुसन्धान गर्दा भारतको सुनौलीको समिर मेडिकलबाट रु २ हजार ४ सय रुपैयाँमा ३ पुरिया ब्राउन सुगर किनि नेपालतर्फ ल्याउँदै गरेको खुलेपश्चात तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध मुद्दा दर्ता गरी मुद्दा चलाएको थियो ।                    

जिल्ला अदालत रुपन्देहीको थुनछेक बहसको आदेशले रु ३० हजार धरौटिमा रिहा भएको र पछी फैसलाले कैद ठहर भई फैसलाको ८ वर्ष सम्मको कैद सजाय सुनाएको थियो ।