Devdaha Tv | अपराध
चैत्र १८ | 2023 Apr 01
Flash News

रुपन्देहीमा गोली प्रहार गर्ने ३ युवक प्रहरीको नियन्त्रणमा

2 months ago
रुपन्देहीमा-गोली-प्रहार-गर्ने-३-युवक-प्रहरीको-नियन्त्रणमा

पौष २९ । रुपन्देहीमा गोली प्रहार गर्ने ३ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटईमाई गाउँपालिका वडा नं. ३ त्रिलोकपुरका १८ वर्षीय दिलिप यादव, सोही ठाउँका २१ वर्षीय  बिजय भर र भारत महाराजगंज कोलई बस्ने २५ वर्षीय श्री प्रसाद यादव रहेका छन् । 

बिहीबार राति ७ बजे त्रिलोकपुरमा गोली पड्केको आवाज सुनिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट र ईलाका प्रहरी कार्यालय मझगँवा रुपन्देहीबाट प्रहरी टोलीले संयुक्त रुपमा घटनाको अनुसन्धान गरेको थियो । 

प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोलमा लाग्ने जस्तो देखिने १ राउण्ड गोली र पड्केको गोलीको खोका १ थान बरामद गरेको छ । साथै प्रहरीले यूपी ५३ बि.जेड. ९१५७, लु १३ प ९४१६ र लु ४२ प ५५७२ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 


प्रहरी ३ प्रतिवादीलाई शंकास्पद लागि अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।