Devdaha Tv | स्थानीय
माघ २१ | 2023 Feb 04
Flash News

समुदायलाई हस्तान्तरण भएपछि मात्र वनको संरक्षण भयो : नगरप्रमुख खरेल

3 weeks ago
समुदायलाई-हस्तान्तरण-भएपछि-मात्र-वनको-संरक्षण-भयो-:-नगरप्रमुख-खरेल

पौष २९ । समुदायलाई हस्तान्तरण भएपछि मात्र वनको संरक्षण भएको देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले बताउनु भएको छ । प्रमुख खरेलले सरकारले बेला बेलामा वन ऐन परिवर्तन गरेका कारण वनको संरक्षण र सम्वद्र्धनमा समस्या हुने गरेको बताउनु भयो । 

जनप्रिय सामुदायिक वन उपभोक्ता समुह देवदह–९ को १२ औं बार्षिक साधारण सभामा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो । नगर प्रमुख खरेलले विकास निर्माणमा सामुदायिक वन र नगरपालिकाबीच समन्वय हुन आवश्यक रहेको औल्याउनु भयो । उहाले वनको संरक्षण गर्ने दायित्व स्थानीय तहको भएकोले सामुदायिक वनसंग समन्वय गरेर वनको विकासमा नगरपालिका लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

प्रमुख खरेलले सबैको सहयोग र सहकार्यले मात्र नगरको विकास गर्न सकिने भएकोले नगरपालिकाले विनियोजन गरेको बजेटलाई कार्यान्वयन गर्न आमनागरिकहरु लाग्नु पर्नेमा जोड दिनु भयो । नगर प्रमुख खरेलले नागरिकको चाहना र आवश्यकताको आधारमा नगरपालिकाले योजना तथा बजेटको व्यवस्था गर्ने बताउनु भयो । 

समुहका अध्यक्ष रुका सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका–९ का वडाअध्यक्ष मोहनबहादुर जिसी, देवदह सब डिभिजन वन कार्यालयका प्रमुख चन्द्रबहादुर रानाभाट, समुहका प्रमुख सल्लाहकार ऋषिराम सापकोटा, गाउँ वन समन्वय सञ्जाल रुपन्देहीका बरिष्ठ उपाध्यक्ष तेजबहादुर कँुवर, न्यू नमुना बोडिङ्ग स्कुलका प्रिन्सिपल होमनाथ ढुंगाना, मदन टोल विकास संस्थाका अध्यक्षँ मानबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो । 

कार्यक्रममा समुहका अध्यक्ष सापकोटाले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष दुर्गा भुर्तेलले आर्थिक प्रतिवेदन र लेखा सदस्य जसबहादुर पुनले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समुहका उपाध्यक्ष टेकबहादुर विकको स्वागत र सहसचिव मालिका थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
 

Recent News