Devdaha Tv | स्थानीय
माघ २१ | 2023 Feb 04
Flash News

देवदहमा  श्रीमदभावत धनधान्यान्चल धार्मिक महोत्सव शुरु

2 weeks ago
देवदहमा-श्रीमदभावत-धनधान्यान्चल-धार्मिक-महोत्सव-शुरु

पौष ३० । रुपन्देहीको देवदह नगरपालिका–९ बुद्धनगरमा श्रीमदभावत धनधान्यान्चल धार्मिक महोत्सव शुरु भएको छ । देवदह–९ बुद्धनगरमा रहेको कोटियादेवी मन्दिरको आयोजनामा संचालन भएको धार्मिक महोत्सव माघ ७ गतेसम्म संचालन हुने मूल आयोजक समितिले जनाएको छ । धार्मिक महोत्सवको एक कार्यक्रमका बीच १ हजार ८ स्वामी विवेकानन्दले उद्घाटन गर्नु भएको हो । 

धार्मिक महोत्सवको पुर्व सन्ध्यामा देवदहको खैरेनीमा रहेको लोकेश्वर मन्दिर देखि महोत्सव स्थल सम्म कलश यात्रा गरिएको थियो । पञ्चे बाजा सहित शुरु भएको कलश यात्रामा स्थानीय आमा समुहका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

कोटियादेवी मन्दिरले जग्गा व्यवस्थापन, मन्दिर परिषरमा धर्मशाला निर्माण, योग भवन निर्माण गर्ने उद्देश्यले धार्मिक महोत्सवको आयोजना गरेको हो । धार्मिक महोत्सवको माध्यमबाट देवदहलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरी श्रीमदभावत धनधान्यान्चल धार्मिक महोत्सव संचालन गरिएको मूलआयोजक समितिका संयोजक मोहनबहादुर जिसीले बताउनु भयो । 

धार्मिक महोत्सवमा बालव्यास श्रवण न्यौपाने र आचार्य ओमप्रकाश सुवेदीले कथा वाचन गर्ने आयोजकले जनाएको छ । मूल आयोजक समितिका संयोजक मोहनबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा १ हजार ८ स्वामी विवेकानन्द, देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । 

उद्घाटन कार्यक्रममा सचिवालय संयोजक पवन पौडेलले कोटियादेवी मन्दिरको बारेमा प्रकाश पार्नु भएको थियो । पुर्व वडाअध्यक्ष केशव भट्टराईको स्वागत र चन्द्रकान्त काप्mलेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Recent News