Devdaha Tv | स्थानीय
माघ २१ | 2023 Feb 04
Flash News

रोहिणी सामुदायिक वन उपभोक्ता समुह देवदहको ८ औँ बार्षिक साधारण सभा सम्पन्न

2 weeks ago
रोहिणी-सामुदायिक-वन-उपभोक्ता-समुह-देवदहको-८-औँ-बार्षिक-साधारण-सभा-सम्पन्न

पौष ३० । रोहिणी सामुदायिक वन उपभोक्ता समुह देवदह–१० को आठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले वनको संरक्षण, सम्वद्र्धन गर्न आमउपभोक्ताहरु लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले सामुदायिक वनलाई उत्पादनसंग जोडन सकेमात्र आम उपभोक्ताहरुको आर्थिक अवस्था सुधार हुनेमा जोड दिएका थिए । 

कार्यक्रममा बोल्दै देवदह नगरपालिका–१० का वडाअध्यक्ष यकबहादुर सुनारले वनको संरक्षण, सम्वद्र्धन गर्ने दायित्व स्थानीय तहको भएकोले वनको विकासको लागि नगरपालिका लाग्ने बताउनु भयो । उहाँले वनलाई चोरी निकासी र वन डढेलोबाट बचाउन आवश्यक रहेको औल्याउनु भयो । उहाले वनको विकासका लागि सामुदायिक वन र स्थानीय तहबिच सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले स्थानीय तह र सामुदायिक वनको साझेदारीमा विकास निर्माणका कामहरु अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो । उहाँले वनको संरक्षण, सम्वद्र्धन संगै सही तरिकाले सदुपयोग गर्नुपर्ने बताउनु भयो । 

रोहिणी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चन्द्रबहादुर रसाईलीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका–९ का वडाअध्यक्ष मोहनबहादुर जिसी, तिलोत्तमा सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सूर्यप्रसाद मैनाली, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, जनप्रिय सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रुका सापकोटा, स्मृति सामुदायिक वन उपभोक्ता समुहका मिना श्रेष्ठ, पञ्चे वाजा समुहका अध्यक्ष अमर रोका लगायतले आ–आफना भनाई राख्नु भएको थियो । 

कार्यक्रममा अध्यक्ष रसाईलीले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष श्याम थापाले आर्थिक प्रतिवेदन र लेखा संयोजक हर्कबहादुर खत्रीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा ९२ बर्षीय अम्वि विक र ८४ बर्षीय टेकबहादुर न्यौपानेलाई जेष्ठ नागरिकको हैसियतले सम्मान गरिएको थियो ।

 त्यसैगरी सामुदायिक वनको आठौ बार्षिक साधारण सभाको अवसरमा आयोजित हाजिरी जवाफ र बक्तृत्वकला प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । समुहका उपाध्यक्ष निर्मल पराजुलीको स्वागत र सचिव नानीमया पहारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  

Recent News