Devdaha Tv | खेलकुद
माघ २१ | 2023 Feb 04
Flash News

रुपन्देहीको देवदहमा दोश्रो प्याव्सन खेल महोत्सव हुने

2 weeks ago
रुपन्देहीको-देवदहमा-दोश्रो-प्याव्सन-खेल-महोत्सव-हुने

माघ १ । रुपन्देहीको देवदहमा दोश्रो प्याव्सन खेल महोत्सव हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन देवदहको आयोजनामा उक्त महोत्सव हुने भएको हो । देवदहमा पत्रकार सम्मेलनको आयोजना गरी यही माघ ३ गते देखि ६ गते सम्म खेला महोत्सव हुने आयोजकले जानकारी दिएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै संयोजक बोधराज गौडेलले प्याब्सनको वार्षिक कार्यतालिका बमोजिम खेल सञ्चालन गर्न लागिएको बताउनु भयोे । खेलकुदले बढाउँछ हाम्रो शान, स्वस्थ नागरिक देवदहको अभियान भन्ने मूल नारासहित सञ्चालन हुन लागेको खेल महोत्सवबारे जानकारी गराउँदै प्याब्सन देवदहका सल्लाहकार तथा महोत्सव संयोजक गौडेलले प्याब्सन देवदहमा ११ वटा विद्यालय आबद्ध रहेको बताउनु भयो । उहाँले ११ वटा विद्यालय मध्ये मन्टेश्वरी तहका २ विद्यालयले खेलमा सहभागिता नजनाउने भएकाले ९ विद्यालयको मात्र सहभागिता रहने जानकारी दिनु भयो । खेल महोत्सवमा ९ वटा विद्यालयका नर्सरी देखि कक्षा १० सम्मका ७ सय जना खेलाडी विद्यार्थीहरुको सहभागिता रहने संयोजक गौडेलले जानकारी दिनु भयो । महोत्सवमा सब जुनियर, जुनीयर र सिनियर गरी ३ तहमा खेलाडीह?लाई बिभाजन गरि प्रतियोगिता संचालन गरिने बताउनु भयो । 

हरेक तहका खेलाडीहरुलाई विभिन्न आयामका दौड, रिले दौड प्रतियोगितामा सहभागि गराइनेछ भने सिनियर खेलाडीहरुलाई सटफुट, भलिबल र जेम्लीन थ्रो खेलमा समेत प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । तहगत रुपमा प्रथम हुनेहरुलाई ३ हजार मेडल र प्रमाणपत्र तथा समग्र रुपमा प्रथम, द्धित्तिय र तृतियलाई ७ हजार, ५ हजार र ३ हजार तथा मेडल र प्रमाणपत्रले सम्मान गरिने आयोजकले जनाएको छ । 

पत्रकारहरुको प्रश्नको जवाफ दिंदै प्याब्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङ्गले विद्यार्थीहरुको समग्र बिकासका लागि खेल अपरिहार्य रहेको यथार्थलाई आत्मसाथ गर्दै प्याब्सनले आफ्नो वार्षिक कार्यक्रम अनुसार खेल महोत्सवलाई महत्वपूर्ण रुपमा हेरिएको बताउनुभयो । उहाँले खुलकुदको माध्ययमबाट विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ महोत्सवको आयोजना गरेको बताउनु भयो । खेल महोत्सवको माध्यमबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने अध्यक्ष गुरुङ्गले बताउनु भयो । 

प्याव्सन देवदहका सचिव कृष्णप्रसाद गैरेको संचाालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Recent News