माघ २ । सगरमाथा मा. वि. देवदह ७ शितलनगरमा कार्यरत शिक्षकहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कान्तिपुर चाइल्ड डेभलपमेन्ट कम्युनिटीका कार्यकारी निर्देशक भीष्म मणि पाण्डेले वर्तमान समयका बालबालिकालाई अध्यापन गराउन उपयोगी विधिहरूको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा सहभागी शिक्षकहरुले सिकेको सीप र ज्ञानलाई बालबालिकाको सर्वाङ्गीण विकासमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विद्यालयका ६० बढी शिक्षकहरूको सहभागिता रहेको उक्त कार्यक्रम सह प्राचार्य प्रदीप अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।