Devdaha Tv | खेलकुद
माघ २१ | 2023 Feb 04
Flash News

दोश्रो प्याव्सन खेल महोत्सवको आज उद्धघाटन

2 weeks ago
दोश्रो-प्याव्सन-खेल-महोत्सवको-आज-उद्धघाटन

माघ ३ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन देवदह नगर समितिको आयोजनामा दोश्रो प्याव्सन खेल महोत्सवको आज उद्धघाटन भएको छ । 

मंगलबार खेल महोत्सवको उद्घाटन गर्दै देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलले रोजगार र उत्पादनमूलक शिक्षा आजको आवश्यकता रहेको बताउनु भएको छ । उहाँले शिक्षाको विकास बिना समाज परिवर्तन हुन नसक्ने बताउँदै गुणस्तर शिक्षामा सबैले ध्यान दिनु पर्नेमा जोड दिनु भयो । उहाले शिक्षाको विकासको लागि नीजि क्षेत्र, सामुदायिक र स्थानीय तहबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको बताउनु भयो । नगर प्रमुख खरेलले गुणस्तर शिक्षाको विकासमा नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिनु भयो । 

प्रमुख खरेलले सबैलाई समेट्ने गरी नगरपालिकाले शिक्षा निती अवलम्वन गर्ने दावी गर्नु भयो । नगर प्रमुख खरेलले प्राविधिक शिक्षाले मात्र आत्मनिर्भर बनाउँने हुदा निजी विद्यालयले पनि प्राविधिक शिक्षालाई जोड दिनु पर्ने बताउनु भयो । उहाँले राज्यले सामुदायिक विद्यालयमा लगानी गरेपनि अपेक्षा अनुसारको प्रतिफल आउन नसकेको बताउनु भयो । 

सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले खेलको विकासको लागि नगरपालिकाले खेलकुद कार्यविधि बनाएर अगाडि बढेको बताउनु भयो । उपप्रमुख गुरुङ्गले खेलकुदको माध्यमबाट देवदहलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाउन सकिनेमा जोड दिनु भयो । 

त्यसैगरी कार्यक्रममा बोल्दै प्याव्सनका केन्द्रिय उपाध्यक्ष विष्णु पन्थीले राज्यको गलत शिक्षा नितीका कारण शिक्षा क्षेत्रको विकास हुन नसकेको बताउनु भयो । उहाँले निजी विद्यालयलाई समेट्ने गरी शिक्षा निती बनाउन आवश्यक रहेको औल्याउनु भयो । पन्थीले राज्यको शिक्षा नितीले नीजि विद्यालयहरुलाई विभेद गरेको आरोप लगाउनु भयो । उहाँले शिक्षामा निजी क्षेत्रले लगानी गरेपनि शिक्षामा लगाएको लगानी सुरक्षित गर्न राज्यले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भएको थियो । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन देवदह नगर समितिका अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सनका केन्द्रिय सदस्य लेखनाथ पौडेल, एन प्याव्सनका केन्द्रिय सचिव कृष्णप्रसाद पौडेल, देवदह नगरपालिका शिक्षा अधिकृत पर्शुराम ढकाल, लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका सदस्य टिका गौतम, नगर शिक्षा समितिका सदस्य चक्रपानी तिवारी, देवदह आदर्श बहुमुखी क्याम्पसका जयकिशन अधिकारी, नेकपा माओवादी केन्द्रका गोविन्द ठड्राई, नेकपा एमालेका विष्णु अर्याल, नेपाल शिक्षक संगठनका खेमानन्द ज्ञवाली, पुस्तक व्यवसायी गोविन्द ज्ञवाली लगायतले आ–आफना भनाई राख्नु भएको थियो । 

देवदह–७ शितलनगरबाट शुरु भएको विद्यार्थीहरुको ¥याली पानवारी खैलमैदानमा आएर सभामा परिणत भएको थियो । दोश्रो प्याव्सन खेल महोत्सव माघ ६ गते सम्म संचालन हुनेछ । कार्यक्रम संयोजक बोधराज गौडेलको स्वागत र सचिव कृष्णप्रसाद गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Recent News