माघ ५ । बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ ।
आज छापावाला सुन स्थिर रही १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन तोलामा १ लाख ४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य भने ओरालो लागेको छ । आज चाँदी तोलामा १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।