Devdaha Tv | स्थानीय
माघ २१ | 2023 Feb 04
Flash News

देवदह घोडाहा महायज्ञ : भक्तजन र दाताहरू दिनप्रतिदिन बढ्दै

2 weeks ago
देवदह-घोडाहा-महायज्ञ-:-भक्तजन-र-दाताहरू-दिनप्रतिदिन-बढ्दै

माघ ५ । रुपन्देहीको देवदह – ९  घोडाहामा सुरु भएको श्रीमद्भागवत तथा धन धान्याचल महायज्ञमा श्रद्धालु भक्तजनको उपस्थिती दिनप्रतिदिन बढ्दै गएको छ । कोटियादेवी मन्दिरको जिर्णेद्वार तथा धर्मशाला र योगा हल निर्माण गर्ने एवं देवदहलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले संचालन भएको महायज्ञमा दर्शन गर्न र दान गर्न पुग्ने भक्तजनको उपस्थिती बढेको हो ।

महायज्ञको चौंथो दिन देवदह नगरपालिकाका प्रथम नगर प्रमुख , सामाजिक तथा धार्मिक व्याक्तित्व देवदह हिरा बहादुर खत्रीले १ लाख ११ हजार १ सय ११, देवदह ९ निवासी प्रगति सामुदायिक बनका अध्यक्ष दुर्गा बहादुर रानाले १ लाख ११ हजार १ सय ११ र लक्ष्मी भट्टराईले  १ लाख ११ हजार १ सय ११ रुपैंया कोटियादेवी मन्दिरको जिर्णेद्वार तथा धर्मशाला र योगा हल निर्माणका लागि सहयोग गरेका छन्  ।

कोटिया देवी मन्दिर संरक्षण समिति बुद्दनगरको आयोजनामा पौष १ गते विशाल कलश यात्रा संगै  सुरु भएको महायज्ञमा आज चौथो दिनमा ३२ लाख भन्दाबढी नगद संकलन भएको छ । श्रद्धालु भक्तजनको उपस्थिती बढ्दै गएको र आर्थिक तथा भौतिक सामग्री संकलन पनि हुँदै गएको यज्ञ सम्पादन मुल समितिका संयोजक मोहन जिसीले बताउनुभयो ।

महायज्ञबाट १ करोड संकलन गर्ने लक्ष्य राखिएको छ । माघ ७ गते सम्म संचालन हुने महायज्ञमा प्रमुख बाचक तथा महायज्ञ संकल्पकर्ता बालब्यास श्रवण न्यौपाने र आचार्य ओम प्रकाश सुवेदीको मुखार विन्दबाट कथा प्रवचन भैरहेको छ ।त्यस्तै झाकी तथा बिभिन्न धार्मिक कार्यहरु समेत  भैरहेको छ । 

Recent News