Devdaha Tv | राजनीति
माघ २१ | 2023 Feb 04
Flash News

एमालेका घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित 

2 weeks ago
एमालेका-घिमिरे-प्रतिनिधिसभाको-सभामुखमा-निर्वाचित-

माघ ४ । एमाले सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुनुभएको छ । घिमिरेले १६७ मत प्राप्त गर्नु भएको छ । घिमिरेका विपक्षमा १ सय मत परेको थियो । २६८ जना सांसद मतदानमा सहभागी भएका थिए ।  घिमिरेलाई एमाले, माओवादी केन्द्र रास्वपा, राप्रपा, जसपा,नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले मतदान गरेका थिए । घिमिरे नेपालको संसदीय इतिहासमा नवौं सभामुखका रुपमा निर्वाचित हुनु भएको हो । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको निर्णय मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले सभामुख पदमा निर्वाचित भएको संसदका जेष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गर्नु भयो । 

Recent News