Devdaha Tv | शिक्षा / प्रविधि
जेठ २० | 2023 Jun 03
Flash News

राममणि बहुमुखी क्यापसमा बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न 

4 months ago
राममणि-बहुमुखी-क्यापसमा-बधाइ-तथा-शुभकामना-कार्यक्रम-सम्पन्न-

माघ ५ । राममणि बहुमुखी क्यापसमा बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह उतिर्ण विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै कार्यक्रम गरिएको हो । 

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले समयको महत्व बुझ्दै आफुले मेहनत गरेमा जस्तोसुकै खुड्किला सजिलोसँग पार गर्न सकिने बताउनुभयो । उहाँले स्नातक तह उतिर्ण गरेसँगै क्यापस बनाउने जिम्मेवारी पनि विद्यार्थीको काधमा थपिएको पनि बताउनुभयो । 

कार्यक्रममा बोल्दै व्यवस्थापन संकाय प्रमुख राजेन्द्र थापाले स्नातक तह उतिर्ण विद्यार्थीहरुलाई शुभकामना दिदै अब स्नाकोत्तर तहको तयारीमा जुट्न पनि आग्रह गर्नुभयो । स्नाकोत्तर तह सोचेजस्तो सहज नभएको तर मेहनत गरे सफलता अवश्य प्राप्त हुने बताउँदै उहाँले विद्यार्थीलाई संवेदनशील भएर पढ्नका लागि आग्रह गर्नुभयो । 

कार्यक्रममा सागर घिमिरे र रितु भण्डारीले आफु क्याम्पसमा रहेर अध्ययन गर्दाको अनुभव सुनाउनु भएको थियो । 

कार्यक्रम क्याम्पसका सहायक क्याम्पस प्रमुख खुमाकान्त पाण्डेको स्वागत मन्तव्य र क्याम्पसका प्राध्यापक नम्रता पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।