Devdaha Tv | खेलकुद
माघ २१ | 2023 Feb 04
Flash News

देवदह नगर समितिद्धारा आयोजित दोश्रो प्याव्सन खेल महोत्सवमा विभिन्न खेलहरु सम्पन्न 

2 weeks ago
देवदह-नगर-समितिद्धारा-आयोजित-दोश्रो-प्याव्सन-खेल-महोत्सवमा-विभिन्न-खेलहरु-सम्पन्न-

माघ ५ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन देवदह नगर समितिद्धारा आयोजित दोश्रो प्याव्सन खेल महोत्सवमा विभिन्न खेलहरु सम्पन्न भएका छन् । प्याव्सन देवदह नगर समितिले माघ ३ गते देखि दोश्रो प्याव्सन खेल महोत्सवको आयोजना गरेको हो । 

खेल महोत्सव अन्र्तगत सिनियर छात्रतर्फको ४ सय मिटर रिले दौडमा देवदह मदर टङ्गस एकेडेमी प्रथम, ग्रिन प्लान्ट आवासीय मावि द्धितिय, सेभेन स्टार बोर्डिङ्ग स्कुल तृतिय र एशियन लाईट बोर्डिङ्ग स्कुल चौथो भएको छ । सोही खेलको छात्रातर्फ ग्रिन प्लान्ट आवासीय मावि प्रथम, एशियन लाईट बोर्डिङ्ग स्कुल द्धितिय, सेभेन स्टार बोडिङ्ग स्कुल तृतिय र देवदह मदर टङ्गस एकेडेमी चौथो भएको आयोजकले जनाएको छ । 

छात्रतर्फको सय मिटर दौडमा मदर टङ्गस एकेडेमी प्रथम, एशियनलाईट बोडिङ्ग स्कुल द्धितिय, ग्रिन प्लान्ट आवासी मावि तृतिय र सेभेन स्टार बोडिङ्ग स्कुल चौथो भएको छ । 

जुनियर छात्रतर्फको ४ सय दौडमा सेभेन स्टार बोडिङ्ग स्कुल प्रथम, देवदह बुद्ध पव्लिक आवासीय मावि द्धितिय, ग्रिन प्लान्ट आवासीय मावि तृतिय र देवदह मदर टङ्गस एकेडेमी चौथो भएको छ । 

जुनियिर छात्रातर्फको दुई सय मिटर दौडमा बुद्ध पब्लिक आवासीय मावि प्रथम, सरस्वती बोडिङ्ग स्कुल द्धितिय, ग्रिन प्लान्ट आवासीय मावि तृतिय र नारायणी पब्लिक मावि चौथो भएको छ । जुनियर छात्रतर्फ दुई सय मिटर दौडमा बुद्ध पव्लिक आवासीय मावि प्रथम, एशियन लाईट बोडिङ्ग स्कुल द्धितिय, देवदह मदरटङ्गस एकेडेमी तृतिय र ग्रिन प्लान्ट आवासीय मावि चौथो भएको छ । जुनियर छात्रातर्फको दुईसय मिटर दौड तर्फ बुद्ध पव्लिक आवासीय मावि प्रथम, एशियन लाईट बोडिङ्ग स्कुल द्धितिय, कोलियराज बोडिङ्ग स्कुल तृतिय र सेभेन स्टार बोडिङ्ग स्कुल चौथो भएको छ । 

सब जुनियिर छात्रतर्फको दुईसय मिटर दौडमा नारायणी पव्लिक मावि प्रथम, बुद्ध पव्लिक आवासीय मावि द्धितिय, ग्रिन प्लान्ट आवासीय मावि तृतिय र कोलियराज बोडिङ्ग स्कुल चौथो भएको आयोजकले जनाएको छ । सोही खेलको छात्रातर्फ सरस्वती बोडिङ्ग स्कुल प्रथम, बुद्ध पव्लिक आवासीय मावि द्धितिय, देवदह मदरटङ्गस एकेडेमी तृतिय र सेभेन स्टार बोडिङ्ग स्कुल चौथो भएको छ । 

जुनियिर छात्रतर्फ दुई सय मिटर दौडमा ग्रिन प्लान्ट आवासीय मावि प्रथम, बुद्ध पव्लिक आवासीय मावि द्धितिय, सेभेन स्टार बोडिङ्ग स्कुल तृतिय र नारायणी पव्लिक मावि चौथो भएको छ । सिनियर छात्रतर्फको ४ सय मिटर दौडमा बुद्ध पव्लिक आवासीय मावि प्रथम, सेभेन स्टार बोडिङ्ग स्कुल द्धितिय, ग्रिन प्लान्ट आवासीय मावि तृतिय र एशियनलाईट बोडिङ्ग स्कुल चौथो भएको छ । सोही खेलको छात्रातर्फ सरस्वती बोडिङ्ग स्कुल प्रथम, मदरल्याण एकेडेमी द्धितिय, एशियनलाईट बोडिङ्ग स्कुल तृतिय र बुद्ध पव्लिक आवासीय मावि चौथो भएको छ । छात्रतर्फको ४ सय मिटर दौडमा सेभेन स्टार बोडिङ्ग स्कुल प्रथम, बुद्ध पब्लिक आवासीय मावि द्धितिय, नारायणी पव्लिक मावि तृतिय र देवदह मदरटङ्गस एकेडेमी चौथो भएको छ ।

Recent News