Devdaha Tv | स्थानीय
माघ २१ | 2023 Feb 04
Flash News

धौलागिरी सेवा समाजद्धारा निर्मित भवन उद्घाटन

2 weeks ago
धौलागिरी-सेवा-समाजद्धारा-निर्मित-भवन-उद्घाटन

माघ ५ । धौलागिरी सेवा समाजद्धारा निर्मित भवनको उद्घाटन गरिएको छ । स्थानीय समाजसेवी टेकबहादुर पुनले प्रदान गर्नु भएको १२ धुर जग्गामा निर्मित भवनको एक कार्यक्रमकाबीच देवदह नगरपालिका–६ का वडाअध्यक्ष खेमबहादुर थापाले उद्घाटन गर्नु भएको हो । 

देवदह नगरपालिका–६ वडा कार्यालयको एक लाख सहयोग र विभिन्न समाजसेवी र समाजमा आबद्ध सदस्यहरुको सहयोगमा २१ लाख ९७ हजारमा उक्त भवन निर्माण गरिएको समाजका अध्यक्ष हरिलाल गुरुङ्गले जानकारी दिनु भयो । भवनको उद्घाटन गर्दै वडाअध्यक्ष थापाले समाज रुपान्तरणमा विभिन्न संघसंस्थाहरुको भूमिका महत्वपूर्ण रहनेमा जोड दिनु भयो । उहाँले समाजमा रहेका विकृति, विसंगति र गलत क्रियाकलाप अन्त्यको लागि सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले सकारात्मक सोचले मात्र समाजको विकास गर्न सकिने बताउँदै चुनौतीलाई सामना गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । गुरुङ्गले समाजको अधुरो भवनलाई पूर्णता दिन वडा कार्यालय तयार रहेको बताउनु भयो । उहाँले एक फरक पं्रसंगमा बोल्दै सुकुम्बासी र अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने गरी नगरपालिका अगाडि बढिरहेको बताउनु भयो । 

समाजका अध्यक्ष हरिलाल गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व वडाअध्यक्ष दामोदर क्षेत्री, पुर्व कार्यपालिका सदस्य डमकुमारी दर्जी, खेमा तमु छोंज धीका अध्यक्ष थमनसिंह गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो । 

कार्यक्रममा जग्गा दाता टेकबहादुर पुन तथा भवन निर्माणमा योगदान दिनेहरुलाई सम्मान गरिएको थियो । समाजका सचिव कृष्ण तिवारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Recent News