Devdaha Tv | राजनीति
माघ २१ | 2023 Feb 04
Flash News

सार्वभौमसत्ता, स्वाधिनता र स्वतन्त्रतामा सम्झौता हुदैन : ओली

2 weeks ago
सार्वभौमसत्ता,-स्वाधिनता-र-स्वतन्त्रतामा-सम्झौता-हुदैन-:-ओली

माघ ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकीहरुको असल छिमेकी हुन चाहेको बताउनु भएको छ । आज ओलीले एमालेको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । 

उहाँले कुभलो नगरीकन छिमेकीहरुको भलो चिताएर सहयोग पुर्याउँदै जायज चासो, चिन्ता, सरोकार आदिलाई सम्बोधन गरी यथोचित ढंगले अगाडि जाने बताउनु भयो । उहाँले नेपाली भूमि कसैका विरुद्ध प्रयोग गर्न नदिने स्पष्ट पार्दै मिलिट्री बेस, शैन्य गतिविधीहरु वा त्यस्ता अड्डाहरु नेपालमा राख्न नदिने बताउनु भयो । यदि कसैले राखेमा त्यो अंगिकार र सार्वभौमसत्तामाथिको अतिक्रमण हुने बताउनु भयो । हाम्रो सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रतामा कुनै पनि सम्झौता नगर्ने उल्लेख गर्नु भयो । ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा सम्बन्ध कायम गर्ने र सबैसँग मित्रता र कसैसँग शत्रुता नगरी कुटनितिबाट अगाडि बढ्नु नै परराष्ट्र सम्बन्धहरु सञ्चालन भएको बताउनु भयो । 


ओलीले अघिल्लो सरकारले छिमक सम्बन्धलाई अनावश्यक ढंगले तरंगित र असन्तुलित बनाएको आरोप लगाउनु भयो । ओलीले अघिल्लो सरकारले छिमेक सम्बन्धलाई कृत्रिम रुपले तनावग्रस्त बनाएको बताउनु भयो ।
 

Recent News