Devdaha Tv | खेलकुद
माघ २१ | 2023 Feb 04
Flash News

दोश्रो प्याव्सन खेल महोत्सवको उपाधी देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयलाई

2 weeks ago
दोश्रो-प्याव्सन-खेल-महोत्सवको-उपाधी-देवदह-बुद्ध-पव्लिक-आवासीय-माध्यमिक-विद्यालयलाई

माघ ६ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन देवदह नगर समितिद्धारा आयोजित दोश्रो प्याव्सन खेल महोत्सवको उपाधी देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले जित्न सफल भएको छ । महोत्सव अन्र्तगत भएको खेलमा बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले २ सय १८ अंकका साथ प्याव्सन खेल महोत्सवका उपाधी जित्न सफल भएको हो । 

महोत्सवमा १ सय ९८ अंकका साथ एशियन लाईट बोडिङ्ग स्कुल द्धितिय भएको छ । महोत्सवमा १ सय ७२ अंकका साथ ग्रिन प्लान्ट आवासीय माध्यमिक विद्यालय तृतिय भएको आयोजकले जनाएको छ । 

प्रतियोगितामा देवदह मदर टङ्गस एकेडेमीले १ सय ५७ अंक, सेभेन स्टार बोडिङ्ग स्कुलले १ सय ३९ अंक, मदर ल्याण एकेडेमीले ५७ अंक, नारायणी पव्लिक बोडिङ्ग स्कुलले ४५ अंक, सरस्वती शिक्षालयले २७ अंक र कोलियराज बोडिङ्ग स्कुलले १० अंक प्राप्त गर्न सफल भएको छ । 

दोश्रो प्याव्सन उपाधी बिजेता विद्यालय देवदह बुद्ध पव्लिक आवासीय माविले ७ हजार नगद, रनिङ्ग शिल्ड प्राप्त गरेको छ भने, उपविजेता एशियन लाईट बोडिङ्ग स्कुल र तृतिय स्थान प्राप्त गरेको ग्रिन प्लान्ट आवासीय माविले क्रमश ५ हजार, ३ हजार र ट्रफी प्राप्त गरेको छ । यसैगरी जुनियर, सब जुनियर र सिनियर गरी तिन तहमा खेलाईएको प्रतियोगितामा ४३ खेलहरु खेलाईएको थियो । प्रतियोगिता अन्र्तगत जुनियर तर्फ ६५ अंकका साथ बुद्ध पव्लिक आवासीय मावि प्रथम, सव जुनियर तर्फ ५२ अंकका साथ बुद्ध पव्लिक आवासीय मावि प्रथम र सिनियर तर्फ १४२ अंकका साथ एशियन लाईट बोडिङ्ग स्कुल प्रथम हुन सफल भएको छ । 

दोश्रो प्याव्सन खेल महोत्सवको समापन गर्दै प्याव्सनका केन्द्रिय उपाध्यक्ष विष्णु पन्थीले राज्यको गलत शिक्षा नितीका कारण शिक्षा क्षेत्रले फड्को मार्न नसकेको बताउनु भयो । उहाले शिक्षाको विकासमा निजी विद्यालयको महत्वपूर्ण योगदान रहेको बताउदै राज्यले निजी विद्यालयलाई गर्दै आएको विभेद अन्त्य गर्नुपर्ने बताउनु भयो । केन्द्रिय उपाध्यक्ष पन्थीले निजी विद्यालयहरुले शिक्षासंगै खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले अहिले संस्कार सहितको शिक्षा आवश्यक रहेकोले निजी विद्यालयले त्यसलाई ध्यान दिनु पर्नेमा जोड दिनु भयो । 

प्याव्सन देवदह नगर समितिका अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्याव्सनका प्रदेश समितिका अध्यक्ष लालहरी पाण्डे, पुर्व केन्द्रिय सदस्य यज्ञमूर्ति पाण्डे, प्याव्सन रुपन्देहीका बरिष्ठ उपाध्यक्ष एकनारायण काफ्ले, नेकपा एमालेका प्रकाश अर्याल, अफिसियल अमृत काप्mले लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रम संयोजक बोधराज गौडेलको धन्यवाद ज्ञापन र सचिव कृष्णप्रसाद गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Recent News