Devdaha Tv | स्थानीय
माघ २१ | 2023 Feb 04
Flash News

देवदह नगरपालिकाद्धारा शुक्रबारे साप्ताहिक हाटबजार अनुगमन

2 weeks ago
देवदह-नगरपालिकाद्धारा-शुक्रबारे-साप्ताहिक-हाटबजार-अनुगमन

माघ ६ । देवदह नगरपालिकाले शुक्रबारे साप्ताहिक हाटबजारमा अनुगमन गरेको छ । देवदह नगरपालिका बजार अनुगमन समितिले शुक्रबारे साप्ताहिक हाटबजारको अनुगमन गरेको हो । आमनागरिकको गुनासो आएपछि नगरपालिकाको अनुगमन समितिले बजारको  अनुगमन गरेको हो । 

शुक्रबारे साप्ताहिक हाटबजारमा अनुगमनको क्रममा मूल्य सूचि नभएको, लेवल नभएको सामाग्री फेला परेको अनुगमन समितिका संयोजक तथा देवदह ७ का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिनु भयो । लेवल नभएको सामाग्री नगरपालिकाले कब्जामा लिएको र आगामी दिनमा यस्ता सामाग्री बिक्रि वितरण नगर्न आग्रह गरिएको संयोजक अधिकारीले जानकारी दिनु भयो । अनुगमनको क्रममा डिजिटल काटा प्रयोग नगरी पुरानै काटा प्रयोग गरेको पाईएकोले अबका दिनमा त्यसलाई विस्थापित गर्दै डिजिटल काटा प्रयोग गर्न आग्रह गरिएको उहाँले जानकारी दिनु भयो । 

पालिकाले मूल्यसूचि कायम गर्ने र अखाद्य वस्तु बिक्रि वितरण गर्न रोक लगाउने गरी साप्ताहिक हाटबजारको अनुगमन गरेको हो । अनुगमन समितिका संयोजक कृष्णप्रसाद अधिकारीको नेतृत्वमा गरिएको अनुगमनमा देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेल, देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग, नगरपालिकाका अधिकृत गंगाप्रसाद पन्थी, प्राविधिक टोली, सुरक्षाकर्मी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Recent News