Devdaha Tv | स्थानीय
माघ २१ | 2023 Feb 04
Flash News

देवदहमा धार्मिक महोत्सवमा जातीय विभेद गरेको भन्दै विरोध प्रदर्शन

1 week ago
देवदहमा-धार्मिक-महोत्सवमा-जातीय-विभेद-गरेको-भन्दै-विरोध-प्रदर्शन

माघ ७ । रुपन्देहीको देवदह–९ बुद्धनगरमा संचालन भईरहेको श्रीमद्भागवत धार्मिक महोत्सवमा जातीय विभेद गरेको भन्दै विरोध प्रर्दशन गरिएको छ । धार्मिक महोत्सवमा स्थानीय दलितहरुलाई अपहेलना र अपमान गरेको भन्दै दलितहरुले विरोध प्रर्दशन गरेका हुन् । धार्मिक महोत्सव संचालन भईरहेको कोटियादेवी मन्दिरमा दलितहरुलाई अपमान गरेको भन्दै दलितहरु आक्रोशित समेत भएका थिए । 

हामी पनि मानव हौं, दलित पनि समाजको मानव हो जस्ता नारा सहित धार्मिक महोत्सव स्थलमा विरोध प्रर्दशन गरेका थिए । 

धार्मिक महोत्सव मूल समितिले बोलाएपनि केही व्यक्तिहरुले दलित महिलाहरुलाई अपमान गरेको हरियाली दलित महिला समुहका अध्यक्ष राधा परियारले बताउनु भयो । अध्यक्ष परियारका अनुसार मन्दिर व्यवस्थापन समितिका केही व्यक्तिहरुले दलितहरुले सरसफाई मात्र गर्ने हो, खाना पकाउने काम होईन भन्ने जस्ता शव्द प्रयोग गरेको बताउनु भयो । आफुहरु विहान धार्मिक महोत्सवस्थलमा पुग्दा किन ढिलो आएको, चिया पकाउन जान भने पनि चिया बनाउने ठाउँमा पस्न नदिएकोले आफुहरुले विरोध प्रर्दशन गरेको अध्यक्ष परियारले बताउनु भयो । नेपालको कानुनले कसैलाई पनि विभेद र अपमान गर्न पाईदैन भन्ने उल्लेख गरिएपनि सार्वजनिक कार्यक्रममा दलितहरुलाई अपमानजनक व्यवहार गरेको उहाँले बताउनु भयो । 

मूल आयोजक समितिले वडामा रहेको ७ वटा आमा समुहलाई प्रत्येक दिन पालो गराउने गरेपनि दलित महिला समुहको पालोको दिन अपमान गरेको हो । मूल समितिले आफुहरुलाई माघ ६ गतेको लागि समय दिएपनि मन्दिर व्यवस्थापन समितिका केही पदाधिकारीहरुले दलित भन्दै आफुहरुलाई अपमान गरेको अध्यक्ष परियारले बताउनु भयो । उहाले दलितहरु सानो जात हो, खाना पकाउन मिल्दैन, दलितहरुले झाडु मात्र लगाउने हो भन्ने शब्द प्रयोग गरेकोे बताउनु भयो ।

मूल आयोजक समितिका संयोजक मोहन जिसीले दलितहरुलाई गरेको व्यवहार गलत भएको बताउनु भयो । तर मूल आयोजक समितिले दलितहरुलाई अपमान नगरेको तर कसैले गरेको भए त्यसलाई समाधान गरेर अगाडि बढ्ने बताएको छ । उहाँले यस विषयमा मूल आयोजक समिति गंभिर रहेको बताउनु भयो ।   

Recent News