Devdaha Tv | स्थानीय
माघ २१ | 2023 Feb 04
Flash News

देवदह नगरपालिकाले गर्याे सहदौनिया साप्ताहिक हाटबजारको अनुगमन

1 week ago
देवदह-नगरपालिकाले-गर्याे-सहदौनिया-साप्ताहिक-हाटबजारको-अनुगमन

माघ ७ । देवदह नगरपालिकाले देवदह ११ को सहदौनिया साप्ताहिक हाटबजारको अनुगमन गरेको छ । शनिवार देवदह नगरपालिका बजार अनुगमन समितिले सहदौनिया साप्ताहिक हाटबजारको अनुगमन गरेको हो । नगरपालिकाले अखाद्य वस्तु, म्याद नाघेको वस्तु विक्रि वितरण गर्न रोक लगाउने गरी साप्ताहिक हाटबजारको अनुगमन गरेको हो । 

सहदौनिया साप्ताहिक हाटबजारमा अनुगमनको क्रममा मूल्यसूचि नभएको, लेवल नभएको सामाग्री तथा अखाद्य माछा मासु विक्रि गरेको फेला परेको अनुगमन समितिका संयोजक तथा देवदह ७ का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिनु भयो । अनुगमनको क्रममा डिजिटल काटा प्रयोग नगरी पुरानै काटा प्रयोग गरेको पाईएकोले अबका दिनमा त्यसलाई विस्तापित गर्दै डिजिटल काटा प्रयोग गर्न आग्रह गरिएको उहाँले जानकारी दिनु भयो । 

अनुगमनको क्रममा व्यवसायीहरुले भारतीय सामाग्रीका कारण स्थानीय स्तरमा उत्पादन हुने वस्तुहरु बिक्रि वितरणमा समस्या हुने गरेको गुनासो गरेका थिए । व्यवसायी मदन बानियाँले भारतसंगको खुला सिमा नाकाका कारण स्वदेशमै उत्पादन गरेका वस्तुहरुले बजार नपाएको गुनासो गर्नु भयो । उहाले व्यवसायीहरुले राज्यलाई कर तिरेपनि राज्यले वेवस्ता गर्दा व्यवसायीहरु समस्यामा पर्ने गरेको भन्दै त्यसलाई स्थानीय तहले समाधान गर्न आग्रह गर्नु भयो । उहाँले राज्यले सर्भसुलभ रुपमा बिऊ, मल, कृषि सामाग्री प्रदान गर्न सके स्थानीय रुपमा उत्पादन गर्न सकिने हुँदा स्थानीय तहले त्यसतर्फ ध्यान दिनु पर्ने बताउनु भयो । 

अनुगमन समितिका संयोजक कृष्णप्रसाद अधिकारीको नेतृत्वमा टोलीमा नगरपालिकाका कर्मचारी, प्रहरी प्रशासन, व्यवसायी संघ संस्थाका प्रतिनिधि, प्राविधिकहरुको सहभागिता रहेको थियो ।

Recent News