माघ ७, रुपन्देही । सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह–७ शितलनगरमा दिक्षान्त समारोह तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत पुर्व प्राथमिक तहका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच विद्यालयले दिक्षान्त गरेको हो ।
विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलको अध्यक्षता र कामधेनु गौशाला देवदह–१० भलुहीका संरक्षक योगी सोमराज महाराजको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै महाराजले विद्यार्थीहरुलाई शिक्षासंगै संस्कार र संस्कृतिको बारेमा जानकारी दिन आवश्यक रहेको औल्याउनु भयो । उहाँले विद्यार्थीे भविष्यका कर्णधार समेत रहेकाले उनीहरुलाई नेपाली संस्कारको ज्ञान दिनु पर्नेमा जोड दिनु भयो । उहाँले विद्यालयले बेला बेलामा आयोजना गर्ने यस्ता कार्यक्रमले विद्यार्थीहरुमा रहेका प्रतिभा प्रस्फुटन हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनी, विद्यालयका सहप्रचार्य लेखनाथ काप्mले लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा यूकेजी उत्तिर्ण विद्यार्थीहरुलाई दिक्षान्त गरिएको विद्यालयले जनाएको छ ।
पुर्व प्राथमिक तहका संयोजक अमृता काप्mलेको स्वागत, सहप्राचार्य प्रदीप अधिकारी, रसा केपी, पुजा घर्तीको संचालनमा कार्यक्रममा साना साना नानीहरुले आ–आफना प्रभिा प्रस्तुत गरेका थिए ।