माघ ८ । आईतबार सुनको मूल्य शुक्रबारको तुलनामा घटेको छ भने चाँदी स्थिर छ ।
आज छापावाला सुन तोलामा १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुन तोलामा १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन तोलामा १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजावी सुन तोलामा १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदी तोलामा १ हजार ३ सय ७५ रुपैयाँँमा कारोबार भईरहेको जनाएको छ ।