माघ ८ । बुद्धनगर सामुदायिक वन उपभोक्ता समुहको २० औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ । समुहको साधारण सभाले कार्ययोजना शंसोधन गर्ने पारित गरेको छ ।
सो अवसरमा बोल्दै देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले वनलाई विकाससंग जोडेर लैजान आवश्यक रहेको औल्याउनु भयो । उहाले सामुदायिक वनहरुले आमउपभोक्ताहरुको जीवनस्तर माथि उठाउने गरी काम गर्न आग्रह गर्नु भयो । नगरप्रमुख खरेलले वनको माध्यमबाट समाजको आर्थिक परिवर्तन गर्न सकिने भएकोले सामुदायिक वनहरुले त्यस तर्फ ध्यान दिन आग्रह गर्नु भयो । नगर प्रमुख खरेलले वनलाई उत्पादन संग जोड्दै आमउपभोक्ताहरुलाई उद्यमी बनाउने गरी कार्ययोजना निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाले वनको संरक्षण, सम्वद्र्धन र विकासको लागि सामुदायिक वनहरुसंग नगरपालिका हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनु भयो । खरेलले गरिवी न्यूनिकरणमा सामुदायिक वनहरुले लगानी गर्नुपर्ने बताउदै विकास निर्माणमा स्थानीय तह संग समन्वय गर्नु पर्नेमा जोड दिनु भयो ।
समुहका अध्यक्ष जीवलाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका–९, का वडाअध्यक्ष मोहनबहादुर जिसी, देवदह सव डिभिजन वन कार्यालयका प्रमुख चन्द्रबहादुर भाट, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, मिलन सामुदायिक वनका अध्यक्ष तेजबहादुर कुवर, उपभोक्ता धनश्याम खरेल लगायतले बोल्दै वनको संरक्षण सम्वद्र्धनको लागि वनलाई आगलागीबाट बचाउन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा अध्यक्ष रेग्मीले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष गंगा खरालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सामुदायिक वनको नेतृत्व चयनमा सहमति हुन नसकेपछि माघ १४ गते निर्वाचन हुने अध्यक्ष रेग्मीले जानकारी दिनु भयो ।
समुहका उपाध्यक्ष चेतमान श्रेष्ठको स्वागत र तृष्णा खरालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।