माघ ९ । आज सुनको मूल्यमा ३ सय रुपैयाँको वृद्धि आएको छ भने चाँदीको मूल्यमा ५ रुपैयाँँको वृद्दि आएको छ ।
आज छापावाला सुन तोलामा १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार छापावाला सुन तोलामा १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन तोलामा १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजावी सुन तोलामा १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।