Devdaha Tv | स्थानीय
माघ २१ | 2023 Feb 04
Flash News

शिवालय सामुदायिक वनको २० औं बार्षिक साधारण सभा तथा ९ औं अधिवेशन सम्पन्न

1 week ago
शिवालय-सामुदायिक-वनको-२०-औं-बार्षिक-साधारण-सभा-तथा-९-औं-अधिवेशन-सम्पन्न

माघ ९ । शिवालय सामुदायिक वन उपभोक्ता समुह देवदह–६ रुपन्देहीको २० औं बार्षिक साधारण सभा तथा ९ औं अधिवेशन सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका बीच साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक वनलाई पर्यटनसंग जोड्न सके आर्थिक विकास गर्न सकिने बताएका छन् । उनीहरुले देवदह भगवान गौतम बुद्धको मावली स्थल समेत रहेकाले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सवै एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले दीगो विकासका लागि नागरिकको सहभागिता आवश्यक रहेको औल्याएका थिए । 

कार्यक्रमका वक्ताहरुले सामुदायिक वन सफल हुनुमा उपभोक्ताहरुको सहभागिता प्रमुख कारण रहेको बताएका थिए । उनीहरुले देवदहलाई पर्यटकीय नगरी बनाउन सामुदायिक वनहरुले फरक पहिचान सहित पार्क बनाउन जरुरी रहेको ओल्याएका थिए । 

सो अवसरमा बोल्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले पार्कलाई जैविक विविधितासंग जोड्दै आम्दानीको श्रोतको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले वनको संरक्षण, सम्बद्र्धन र सदुपयोगका लागि उपभोक्ताहरु सचेत र सजग हुन जरुरी रहेको औल्याउनु भयो । कोषाध्यक्ष भट्टराईले कुनैपनि विकासका योजनाहरु बजेट अभावमा नरोकिने दाबी गर्दै दृढ निश्चयका साथ योजनाहरु बनाएर अगाडि बढे स्रोत व्यवस्थापनको पाटो स्वभाविक रुपमा भेटिने उल्लेख गर्नुभयो । उहाँले देवदहको पर्यटकिय विकासका लागि वन महत्वपूर्ण पक्ष भएको बताउनुभयो । लुम्बिनी विकास कोषले १ महिनाभित्रै देवदहको खयरडाँडा उत्खनन् कार्य सुरुवात गर्ने जानकारी दिदै बौद्धकालीन सम्पदाहरुको विकासले देवदहको पर्यटन विकास गर्न सकिने बताउनुभयो ।

समुहका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष गणेश डुम्रे, देवदह नगरपालिका–६ का वडा अध्यक्ष खेमबहादुर थापा, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका बरिष्ठ उपाध्यक्ष तेजबहादुर कुवर, देवदह सव डिभिजन वन कार्यालयका श्रीराम चौधरी, सल्लाहकार संयोजक वासुदेव रिमाल, पुर्व वडाअध्यक्ष दामोदर क्षेत्री लगायतले आ–आफना भनाई राख्नु भएको थियो । 

कार्यक्रममा अध्यक्ष अधिकारीले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष भीमकुमारी श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा संयोजक छविलाल थापाले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममाा पुर्व पदाधिकारीलाई सम्मान गर्नुको साथै विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । 

समुहका उपाध्यक्ष यमकुमारी भूषालको स्वागत र सचिव रामचन्द्र पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Recent News