Devdaha Tv | स्थानीय
माघ २१ | 2023 Feb 04
Flash News

७ औँ देवदह महोत्सवबारे आयोजक र मिडियाकर्मीबिच छलफल सम्पन्न

1 week ago
७-औँ-देवदह-महोत्सवबारे-आयोजक-र-मिडियाकर्मीबिच-छलफल-सम्पन्न

माघ ९ । सातौ राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव सम्पन्न गर्न मिडियाकर्मीहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ । देवदह क्षेत्रमा क्रियाशिल सञ्चारकर्मी र महोत्सव मूल आयोजक बीच महोत्सवको विषयमा छलफल भएको हो । 

रुपन्देहीको देवदहमा उद्योग व्यापार संघ देवदहको आयोजनामा यही माघ २७ गते देखि फागुन १० गते सम्म सातौ राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको आयोजना गरिएको छ । छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले महोत्सव सम्पन्न गर्न मिडियाको महत्वपूर्ण भूमिका हुनेमा जोड दिएका थिए । 

उनीहरुले भगवान गौतम बुद्धको मावली स्थल देवदहलाई महोत्सवको माध्यमबाट पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिनेमा जोड दिएका थिए । छलफल कार्यक्रममा बोल्दै सातौ राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव मूल आयोजक समितिका संयोजक मेघराज ढकालले महोत्सव तयारीलाई तिव्रता दिएको जानकारी दिनु भयो । उहाँले अहिले स्टल निर्माणको कामलाई तिव्रता दिईरहेको बताउनु भयो । त्यसैगरी ढकालले महोत्सवको स्टल दर्ताको प्रक्रिया पनि अगाडि बढिरहेको बताउनु भयो । उहाले देवदहमा लाग्ने हरेक महोत्सवले देवदहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिनेमा जोड दिनु भयो । महोत्सव अवधिभर देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको अवलोकनको लागि वातावरण तयार गर्ने बताउनु भयो । 

छलफलका क्रममा मिडियकर्मीहरुले महोत्सव स्थलमा मिडिया डेक्स निर्माण गर्न सके महोत्सवको प्रचार प्रसार गर्न सजिलो हुने सुझाव दिएका थिए । उनीहरुले स्थानीय मिडियालाई बढि प्राथमिकता दिन सके महोत्सवको प्रचार प्रसारमा सहजता हुनेमा जोड दिएका थिए । 

छलफल कार्यक्रममा साताँै राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव समितिका थानेश्वर लम्साल, पत्रकार तिलोचन दाहाल, गोविन्द घर्ती, शुसिल सापकोटा, मिन राना, निर्मल थापा, राहुल सापकोटा लगायतले आ–आफना सुझाव राख्नु भएको थियो । मिडिया संयोजक विष्णु पोखरेलको संचालनमा छलफल कार्यक्रम सम्पन्न भएको थियो । 

Recent News